खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु, श्रीमती पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार १०:३८
सांकेतिक तस्वीर

दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भाँडा (भड्डु) प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ ।

भाँडा प्रहारबाट जिल्लाको नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगीको मृतयु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार, उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो ।

सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।