अनेम संघ मकवानपुर अध्यक्षमा पुनः काफ्ले चयन
मकवानपुर । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छन् ।
संघको आइतबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट पुनः काफ्लेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।
यस्तै, संघको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट, सचिवमा सुशिला मल्ल, उप–सचिवमा ईन्दिरा तामाङ्ग चयन भएका छन् ।
त्यस्तै, संघ मकवानपुरको कोषाध्यक्षमा सचिता भट्टराई चयन भएकी छन् ।
