ट्याङ्करको ठक्करबाट १७ वर्षीया किशोरीको मृत्यु
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा ट्याङ्करको ठक्करबाट एक किशोहीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठक रहेकी छन् ।
आइतबार ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सालिनीको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक सालिनी मोटरसाइकलमा सवार थिइन् । मोटरसाइकल चालक उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रण लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
