जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार १५:४३
सांकेतिक तस्बिर

दाङ । दाङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाँके कोहलपुर नगरपालिका–११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ घर भएका ३२ वर्षीय मानबहादुर पुन मगरलाई पक्राउ गरेको हो ।

मगरलाई इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका–१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।