समाचार
प्रधानमन्त्री प्रचण्ड आज यूएई प्रस्थान गर्दै
काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यूएईको दुबई प्रस्थान गर्ने भएका छन् । यही मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) मा सहभागी हुन उनी यूएई प्रस्थान गर्ने भएका...
तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते
दमौली । तनहुँमा यात्रुबहाक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी...
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान गरिएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी र पूर्व पदाधिकारी बैठक आह्वान गरेका हुन् । सो बैठकमा महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–३ कर्महनाबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ बस्ने ३४ वर्षीय दिनेश घिमिरे र सोही नगरपालिका–१ बस्ने ३० वर्षीय बिजय राई रहेका छन् । प्रहरीले ४ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको...
कांग्रेसको भ्रातृ संगठन सेनानी संघको अध्यक्षमा दाहाल
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संघ— नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल नियक्त भएका छन् । ओखलढुंगाका उनलाई नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सेनानी संघको अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१)...
परालले छोपेको अवस्थामा महिलाको शव फेला
जनकपुरधाम । धनुषामा मंगलबार परालले छोपिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जिल्लाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैंचामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाबाट गएको कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार,...
भोलिबाट हेटौंंडा कप एसियाली खुल्ला बुद्धिचाल हुँदै, सबै तयारी पूरा
मकवानपुर । मकवानपुरको हेटौंडामा भोलि मंसिर १२ गते बुधबारदेखि अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने भएको हो । उक्त प्रतियोगिताको सबै तयारी पूरा भइसकेको मंगलबार हेटौंडामा पत्रकारसम्मलेनमार्फत जानकारी गराएको हो । सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् संघका केन्द्रीय महासचिव धरम लामाले...
दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु
प्रिटोरिया । दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर प्रभावित थिए । तीमध्ये ११ जनाको मृत्यु भएको हो ।...
मंगलबार नेप्सेमा गिरावट, १ अर्ब २८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि सेयर बजार गिरावट आएको छ । अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेर रोकिएको जनाएइएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत शेयरहरुको कारोबार हुँदा १ अर्ब २८ करोड...
मकवानपुर प्रहरीद्वारा कटुवा पेस्तोल र बुलेट बरामद
मकवानपुर । मकवानपुर प्रहरीले सोमबार कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ । प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थित दुङ्गुखोलाबाट अवैध पेस्तोल र बुलेट बरामद गरेको हो । प्रहरीले कटुवा पेस्तोल १ थान र बुलेट २ थान बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए...










