समाचार

यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी गराएको हो । साथै महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का...

रक्षामन्त्री खड्काले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उनले पाएका हुन् । खड्कालाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार साँझ संयुक्त...

ट्याक्टरबाट लडेर वृद्धको मृत्यु

बारा । बाराको कोल्हबी नगरपालिका–१ बटौलियामा बुधबार ट्याक्टरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार, ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा...

कोशी प्रदेश सभाबाट बजेट पारित

विराटनगर । कोशी प्रदेश सभा बैठकबाट विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेश सभामा छलफलमा रहेको उक्त बजेट पारित गरिएको हो । मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । ् प्रस्तुत बजेट विवरणमा चालू...

बुधबार नेप्सेमा १७ अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्सेमा १७ं९३ अंकले गिरावट आएर १८७६.६० को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा २८५ सूचीकृत कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ ।...

हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो । उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बुधबार एक कार्यक्रमबीच गरेका हुन् । आगामी मंसिर १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा एक...

निर्वाचन आयोगले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

काठमाडौं । निर्वाचन आयोगले भूकम्प पीडितलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । आयोगले भूकम्प प्रभावित क्षेत्रका पीडितलाई आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो । यस्तै, आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३...

नक्कली नोटसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले मंगलबार नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ सहित एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय...

जसपाद्वारा तीन महिने अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सुरु गरेको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । औपचारिक रूपमा त्यसको म्याद कात्तिक मै सकिएको भएपनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य एवम् प्रवक्ता मनिष सुमनले जानकारी दिए । पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले हाल बैठक तय नभएको...

अपडेट : तनहुँ दुर्घटनामा परेर दुई जनाको मृत्यु

पोखरा । तनहुँमा बस दुर्घटनामा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको हो । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई दुर्घटना हुँदा ३६...