ट्याक्टरबाट लडेर वृद्धको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १३, बुधबार १७:०५
सांकेतिक तस्वीर

बारा । बाराको कोल्हबी नगरपालिका–१ बटौलियामा बुधबार ट्याक्टरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।