समाचार
१ लाख १९ हजार नाघ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १९ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि...
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने
काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय सभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार, निर्वाचन आयोगसँगको परामर्शको आधारमा...
हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवटबाट मंगलबर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नम्वर १२ बस्ने ३० वर्षीय महेश महतो र सोही स्थानका ३३ वर्षीय अजय लामालाई पक्राउ गरेको...
लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
स्याङजा । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको छ । प्रहरीले जिल्लाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका–२ घर भएका ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले फेदिखोलाबाट...
मकवानपुर प्रहरीद्वारा ५२ बिगाहामा लगाइएको गाँजा खेती नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको ५२ बिगाहा ५ कठ्ठा गाँजा खेती नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका...
रास्वपाको संयुक्त बैठक आज पनि जारी रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहने भएके छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि जारी हुने भएको हो । उक्त बैठक बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुनेछ...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमान अनुसार, आज विभिन्न चार प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजन विहान ९ बजे बैठक बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने लागेको प्रधानमन्त्रीकाक प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
निमावि शिक्षकको लाइसेन्स परीक्षामा १३ हजार मात्रै पास
काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा १३ हजार अर्थात ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् । बुधबार सार्वजनिक नतिजा अनुसार, परीक्षामा एक लाख ५१ हजार १२ जना सहभागी भएका थिए । तीमध्ये १३ हजार ७ जना मात्रै पास भएका हुन्...
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यस्तै,...










