समाचार
लागूऔषधसहित एक जना पक्राउ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट प्रहरीले बिहीबार अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८...
एकीकृत समाजवादीको सचिवालय बैठक बोलायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक यही मंसिर १८ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाइएको हो । सो बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ ।
१८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा कायम भएको हो । यस्तै, आज नेपसेमा सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि भएको छ भने १ अर्बमाथिको शेयर कारोबार भएको छ । आज नेप्से ओरालो...
चिसोले कठ्याङ्ग्रिएर बालिकाको मृत्यु
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे–१ स्याग्रीका सुनिल वादीकी ३ वर्षीया छोरी रक्षा वाली रहेकी छन् । उनकोे बुधबार मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा...
दुई देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राजदूत नियुक्त गरेका हुन् । नियुक्त हुने राजदुतहरुमा दानबहादुर तामाङ र रामप्रसाद सुवेदी रहेका छन् । तीमधये दाबहादुरलाई गणतन्त्र मोजाम्बिकको लागि र रामप्रसादलाई इटालीका लागि...
मकवानपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दिउँसो १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ धवाडीपुलस्थित भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सुकौराबाट कान्तिलोकपथतर्फ...
लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित बुधबार एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बारा सिमरा जितपुर उपमहानगरपालिका वडा नम्वर २२ बस्ने २० वर्षीय आकाश योन्जनलाई पक्राउ गरेको हो । विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३...
आजबाट चौथो थाहा महोत्सव हुँदै
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आजबाट चौथो थाहा महोत्सव सुरु हुँदैछ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिका र ईन्द्रायणी काला भैरव गुठिको सह–आयोजनामा उक्त महोत्सव हुने भएको हो । आगामी मंसिर २५ गतेसम्म संचालन हुने उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने...
सुदर्शन घिमिरे कपको उपाधि एन्फा मकवानपुरले हात पार्यो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबलको उपाधि रगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरले हात पारेको छ । बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले–क्याम्पा रगशालामा सम्पन्न प्रतियोगितामा रियल स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै एन्फा मकवानपुरले उपाधि हात पारेको हो...
बागमतीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सर्वदलीय बैठक आव्हान गरेका छन् । बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका गर्ने विषयमा छलफल गर्न यही मंसिर १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय...










