लागूऔषधसहित एक जना पक्राउ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट प्रहरीले बिहीबार अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरी रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
