सुदर्शन घिमिरे कपको उपाधि एन्फा मकवानपुरले हात पार्यो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबलको उपाधि रगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरले हात पारेको छ ।
बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले–क्याम्पा रगशालामा सम्पन्न प्रतियोगितामा रियल स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै एन्फा मकवानपुरले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता एन्फा मकवानपुरले उपाधिसँगै एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै, उपविजेता मै सिमित बनेको रियल स्टारले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
एफसी मुण्डियाल हेटौंडाले आयोजना गरेको उक्त प्रतियोगितामा १४ वटा टिमको सहभागीता रहेको थियो ।