समाचार
नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाण पनि थुनामै रहने
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले शुक्रबार सो प्रकरणमा पक्राउ परेका खानलाई थुनामै राख्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने...
अपाङ्गता भएका व्यक्तिको अधिकारबारे हेटौंडामा अभिमुखीकरण
मकवानपुर । अपाङ्गता भएका व्यक्तिको अधिकारबारे शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि र दिगो विकासका लक्ष्यहरुको अन्तरसम्बन्ध विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौंडाको आयोजना...
दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । गएराति काठमाडौं र कैलाली जिल्लाको विभिन्न स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा प्रदेश ३–०१–०० ३ क ६४८८ नम्बरको निशान गाडी र बाग्मती प्रदेश ०२–०३२ प ३३४१...
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीलाई थुनामै राख्ने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्ने भएको छ । उच्च अदालत पाटनले शुक्रबार सो प्रकरणमा पक्राउ परेका रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको...
केपी ओली कपको उपाधि मधेस प्रदेशले हात पार्यो
पोखरा । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ । शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि हात पारेको हो । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ५ लाख...
सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको बारा जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो...
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोगको बिहीबार बसेको बैठकबाट राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार एक सूचना जारी गरी बैठकले आगामी माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको जानकारी गराएका हुन् । उनका अनुसार, उक्त निर्वाचनको लागि मंसिर २४...
अपाङ्गता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । सि आशा फाउण्डेशनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुर्नस्थापन केन्द्रले शुक्रबारबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले ३२ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो । साताव्यापी कार्यक्रमको आज पहिलो दिन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौंडा –७, हरियाली टोलस्थित आशा विशेष...
केपी ओली कप क्रिकेट : उपाधिको लागि आज आर्मी र मधेस भिड्दै
पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुने उक्त खेलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । आर्मीले पहिलो सेमिफाइनलमा बागमतीलाई पराजित गरेको थियो भने मधेसले एपीएफलाई हराएको थियो ।...
बसको ठक्करबाट पुरुषको मृत्यु
बाँके । बाँकेमा गएराति बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्तिसोनारी गाउँपालिका–८, ओभरीका ४० वर्षीय केशव कुँवर रहेका छन् । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।...









