समाचार

हेटौंडाका श्रेष्ठसहित दुई जना पक्राउ

पर्सा । पर्सा प्रहरीले विरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ९ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ठसहित दुई जनालाई...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । यस्तै, आज...

ठूलो संख्यामा नेपाल प्रहरीका हवल्दारको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरीका हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार उनीहरुलाई सरुवा गरिएको जनाइएको छ । मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक यही मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत...

बागमती प्रदेश प्रमुख पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुद यादवचन्द्र शर्मा पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् । प्रदेश प्रमुख शर्मा पाँच सदस्यीय टोलीसहित शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट भ्रमणको लागि निमन्त्रण भई आएकाले उनीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रदेश...

बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेशको वर्तमान...

मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरमा शनिबार राति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ कुवा बस्ने ७० वर्षीया कान्छीमाया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार साँझ ६ बजेको समयमा स्थानीय चखेल मातातिर्थ सडकखण्डमा काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको...

सातामा २७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साताको मूल्य सूची निर्धारण गर्दै सो बारे जानकारी गराएको हो । महाशाखाले सातामा २७ सय सुनको मूल्य बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख...

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीमा आज बिहान स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा...

मकवानपुरमा घरेलु हिंसा बढ्दो

मकवानपुर । मकवानपुरमा घरेलु हिंसा बढ्दो छ । जिल्लामा बितेको आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९–०८० मा ३४ प्रतिशतले घरेलु हिंसाका घटना बढेको पाइएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको तथ्याङ्कमा मकवानपुरमा घरेलु हिंसा बढेको पाइएको हो । जिल्लामा आर्थिक वर्षमा ६०३ जना महिलामाथि घरेलु हिंसा...