हेटौंडाका श्रेष्ठसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार ०९:४०

पर्सा । पर्सा प्रहरीले विरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले करिब ९ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपनि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।