समाचार
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा पक्राउ
काठमाडौं । पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल रहेका छन् । उनलाई आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने...
कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन आजबाट
बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजबाट सुरु हुँदैछ । मुलुक प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीको बुटवलबाट सुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र...
हेटौंडाका दुई अशक्तलाई सहायक सामग्री सहयोग
मकवानपुर । हेटौंडाका दुई शारिरीक अशक्तलाई सहायक सामग्री सहयोग प्राप्त भएको छ । दैनिक जिवन यापनमा समस्या व्यहोर्दै आएका हेटौंडाका दुई जना शारिरीक अशक्तलाई हेटौंडा उपमहानगरपालिकाले सहायक सामग्री सहयोग गरेको हो । उपमहानगरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार हेटौंडा–१० का अर्विन्दसिंह पाख्रिन र हेटौंडा–११ का कस्मिता पुरीलाई एक÷एक वटा ह्विचचियर...
२८८ वटा धारा हेटौंडा खानेपानी बोर्डलाई हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको २८८ वटा धारा हेटौंडा खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालन हुँदै आएको २८८ वटा धारा, डिप बोरिड्ड तथा पानी टंकीसहितको खानेपानी योजना शुक्रबार एक कार्यक्रमबीच खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको हो । खानेपानी...
एचआईभी संक्रमित परिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ३६ औं विश्व एड्स दिवसको अवसरमा एचआईभी संक्रमित परिवारलाई न्यानो कपडा वितरण गरेको छ । मकवानपुर महिला समूह र मकवानपुर पोजेटिभ समुहको कार्यालयमा आयोजित एक कार्यक्रमबीच नगरपालिकाले एचआईभी संक्रमित २५ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको हो । साथै सो क्रममा नगरपालिकाले संक्रमित विपन्न २२...
मकवानपुर प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको सभाध्यक्षतामा भएको हो । हेटौंडा–४ पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक...
कटुवा पेस्तोलसहित एक जना पक्राउ
जनकपुरधाम । धनुषाबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सबैला नगरपालिका वडा नम्वर ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो...
आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले...
गण्डकीका प्रदेश प्रमुखले पाए बागमतीको कार्यभार
मकवानपुर । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बागमती प्रदेश प्रमुखको कार्यभार पाउने भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको अनुपस्थितिमा गण्डकीका प्रमख गुरुङले बागमतीको कार्यभार पाउने भएका हुन् । प्रमुख शर्मा भोलि मंसिर १६ गतदेखि २१ गतेसम्म चीन भ्रमणमा जाँदैछन् । उनको अनुपस्थितिमा गण्डकीका प्रमुख गुरुङले बागमतीको पनि...
मोटरसाइकल चोरीको आरोपमा हेटौंडाका तीनसहित चार युवक पक्राउ
मकवानपुर । मोटरसाइकल चोरी गरेको आरोपमा हेटौंडाका तीनसहित चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ घर भई काठमाडौं बौद्ध बस्ने बिजय श्रेष्ठ,...










