हेटौंडाका दुई अशक्तलाई सहायक सामग्री सहयोग

तु खबर संवाददाता
२०८० मंसिर १६,शनिबार १०:०३

मकवानपुर । हेटौंडाका दुई शारिरीक अशक्तलाई सहायक सामग्री सहयोग प्राप्त भएको छ । दैनिक जिवन यापनमा समस्या व्यहोर्दै आएका हेटौंडाका दुई जना शारिरीक अशक्तलाई हेटौंडा उपमहानगरपालिकाले सहायक सामग्री सहयोग गरेको हो ।

उपमहानगरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार हेटौंडा–१० का अर्विन्दसिंह पाख्रिन र हेटौंडा–११ का कस्मिता पुरीलाई एक÷एक वटा ह्विचचियर प्रदान गरेको महिला तथा बालिवालिका महाशाखाले जनाएको छ ।

नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुक्रबार एक कार्यक्रमबीच उक्त सामग्री अभिभावकको जिम्मा लगाएका हुन् ।

उपमहानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ मा कृतिम खुट्टा १, ह्विल चियर ४, इलेक्ट्रिक ह्विल चियर २, पैताला र खुट्टा सिधा गर्ने ‘एपिव’ जुत्ता १ वटा हस्तातरण गरिसकेको उपमहानगपालिकाले जनाएको छ ।