गण्डकीका प्रदेश प्रमुखले पाए बागमतीको कार्यभार

तु खबर संवाददाता
२०८० मंसिर १५, शुक्रबार १८:१६

मकवानपुर । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बागमती प्रदेश प्रमुखको कार्यभार पाउने भएका छन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको अनुपस्थितिमा गण्डकीका प्रमख गुरुङले बागमतीको कार्यभार पाउने भएका हुन् ।

प्रमुख शर्मा भोलि मंसिर १६ गतदेखि २१ गतेसम्म चीन भ्रमणमा जाँदैछन् ।

उनको अनुपस्थितिमा गण्डकीका प्रमुख गुरुङले बागमतीको पनि कार्यभार सम्हाल्ने भएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् ।