समाचार
नेपालबाट चार महिनामा ५० करोडको यार्सागुम्बा निर्यात
काठमाडौं । नेपालबाट पछिल्लो चार महिहनामा ५० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पछिल्लो चार महिनाको अवधिमा नेपालबाट सो रकम बराबरको यार्सागुम्बा निर्यात भएको हो । भन्सार विभागले दिएको जानकारीअनुसार गत साउन महिनादेखि कात्तिक महिनासम्मको अवधिमा उक्त रकम बराबरको यार्सागुम्बा निर्यात भएको हो...
सुनको भाउ अहिलेसम्मकै उच्च, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ अहिलेसम्मकै उच्चमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको हो । महासंघले आज १ हजार ८०० रुपैयाँले बढ्दै सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको जानकारी गराएको हो । भाउ बढेसँगै छापावाल...
पुस १६ भित्र अभियानको समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रका पठाउन निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि ७५३ वटै पालिकाको वडामा संचालन भएको तीन महिने अभियान बिचमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले एक महिना थप गरेर पुषमा प्रतिवेदन पठाउन निर्देशन दिइएको हो...
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका उनी आज स्वदेश फर्कने भएका हुन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ साढे बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।...
बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२, झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्रा लागेको थियो । घाइते भएका...
एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न भोलि मंसिर १८ गते सोमबार बस्ने गरी आह्वान गरिएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रिय सभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव...
कांग्रेस जिल्ला भेला पुस ३ गतेमा हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आगामी पुस ३ गते हेटौंडामा हुने भएको छ । पार्टीको जिल्ला अधिवेशन, स्थानीय, प्रदेश र संघको निर्वाचनको समिक्षा र आगामी सांगठनिक गतिविधि तय गर्नका लागि जिल्ला भेला आव्हान गरिएको हो । जिल्ला भेलाको तयारी तीब्र पारिएको छ । सम्मेलनका विषयमा हेटौंडा–२ स्थित पार्टी...
शिक्षकहित सहकारीको अध्यक्षमा लामिछाने
मकवानपुर । शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवप्रसाद लामिछाने चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न १४ औं अधिवेशनबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, सहकारीको उपाध्यक्षमा मोहनप्रसाद शर्मा, सचिवमा कृष्णप्रसाद पोखरेल, सह–सचिवमा सुवास खनाल, कोषाध्यक्षमा गुरुप्रसाद ओझा र सह–कोषाध्यक्षमा अमृता भट्ट चयन भएका...
हेटौंडामा पुरुषको शव भेटियो
मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिबार एक पुरुष मृत भेटिएको हो । हाल नाम, थर, बखत नखुलेको अन्दाजी ५४ वर्षीय पुरुषको शव भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाले जनाएको छ । प्रहरीका...
हरेक क्षेत्र अपाङ्गमैत्री बनाइनुपर्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सो कुरामा जोड दिएका हुन् । उनले भने, ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका...










