प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार १५:२८
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका उनी आज स्वदेश फर्कने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ साढे बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

यसअघि प्रचण्डले शनिबार कोप सम्मेलनलाई सम्बोधन गरेका थिए ।