शिक्षकहित सहकारीको अध्यक्षमा लामिछाने

तु खबर संवाददाता
२०८० मंसिर १७, आईतवार १०:०४

मकवानपुर । शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवप्रसाद लामिछाने चयन भएका छन् ।

सहकारीको शनिबार सम्पन्न १४ औं अधिवेशनबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै, सहकारीको उपाध्यक्षमा मोहनप्रसाद शर्मा, सचिवमा कृष्णप्रसाद पोखरेल, सह–सचिवमा सुवास खनाल, कोषाध्यक्षमा गुरुप्रसाद ओझा र सह–कोषाध्यक्षमा अमृता भट्ट चयन भएका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा क्रमशः कृष्णप्रसाद पोखरेल, लक्ष्मी अधिकारी, भरत पोखरेल, विष्णु धिताल, शालिकराम घिमिरे, सृजना कुमारी शर्मा र हिमलाल शर्मा चयन भएका छन् ।

लेखा समितिको संयोजकको जिम्मेवारी रामजीप्रसाद हुँमागाईँलाई प्रदान गरिएको छ भने सदस्यहरुमा शत्रुधन दुलाल, लक्ष्मीकुमारी रिमाललाई चयन गरिएको छ ।

साधारण सभा सहकारीका अध्यक्ष सीताराम दहालको सभाध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति महासचिव हंसबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट बचत, असल कारोबारी, जेष्ठ शेयर सदस्य र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।