एफसी लामिटा र खेलकुद विकास समिति मनहरी–२ ‘ए’ फाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता हाज जारी छ । खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता गत कात्तिक सुरु भएको हो ।
प्रतियोगिताको छैटौं दिन अर्थात शनिबार दुई वटा खेल भएको थियो । शनिबार भएको पहिलोमा एफसी लामिटारले विजय हाँसिर गर्यो ।
केदारेश्वर युवा क्लब मनहरी –९ रजैयलाई ट्रइब्रेकरबाट ३–१ गोल अन्तरलले पराजित गर्दै एफसी लामिटार फाइनलमा प्रवेश गरेको थियो । सो खेललाई फाइनल पुर्याउन सफल गोल रक्षक सौगात मोक्तान म्यान अफ द म्याच घोषित भए ।
यसैगरी, दोस्रो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘ए’ र मनहरी –४ मसिनेबीच प्रतिस्पर्धा हुँदा २–० गोल अन्तरले आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘ए’ फाइनल प्रवेश गर्यो । सो खेललाई फाइनल पुर्याउन सफल सुन्दर लो बेष्टप्लेयर म्यान अफ द म्याच घोषित भए ।
उक्त प्रतियोगिताको फाइनल खेल भने कात्तिक २७ गते हुनेछ । प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
यसैगरी, फाइनल चरणमा प्रवेश गरेको दुबै टिमलाई आयोजक खेलकुद विकास समिति मनहरी–२ परिवारबाट जितको शुभकामनासहित बधाई ज्ञापन गरेको छ ।
प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।