मनहरी फुटबलः आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०८१ माघ १,मंगलवार १०:१२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछ ।

जसमध्ये आज पहिलो खेल चुरियामाई एफसी रमौली मनहरी–७ र मनहरी–९ बिच हुँदैछ भने दोस्रो खेल मनहरी–७ र युनिक एफसी मनहरी–३ बिच हुनेछ ।

खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा गत पुष २६ गतेबाट सुरु भएको उक्त प्रतियोगिता आगामी माघ ५ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा पालिकाभित्रका १६ वटा टिमले सहभागीता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेत र उपविजेताले क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित शिल्डमेडल प्राप्त गर्ने मनहरी खेलकुल विकास समितिका सदस्य चन्द्रबहादुर स्याङ्ताले जानकारी दिए ।

प्रतियोगितामा मनहरी–२, स्थित त्रिरत्न आधारभूत विद्यालयको खेल मैदानमा भइरहेको २ नम्वर वडाध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।