एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार १०:३८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न भोलि मंसिर १८ गते सोमबार बस्ने गरी आह्वान गरिएको छ ।

पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रिय सभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।