नेपालबाट चार महिनामा ५० करोडको यार्सागुम्बा निर्यात

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार १५:५२
फोटोः गुगलबाट

काठमाडौं । नेपालबाट पछिल्लो चार महिहनामा ५० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पछिल्लो चार महिनाको अवधिमा नेपालबाट सो रकम बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

भन्सार विभागले दिएको जानकारीअनुसार गत साउन महिनादेखि कात्तिक महिनासम्मको अवधिमा उक्त रकम बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

सो अवधिमा ९५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।

सो अवधिमा नेपालबाट विश्वका १५ वटा देशमा यार्सागुम्बाको निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा २३ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै, चीनमा १८ करोड ३० लाख रुपैयाँ, कम्बोडियामा ३ करोड ८ लाख रुपैयाँ, सिंगापुरमा १ करोड २८ लाख रुपैयाँ, भियतनाममा ३ करोड ४० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकालगायतको देशमा पनि यार्सागुम्बा निर्यात हुँदै आएको जनाइएको छ ।