पुस १६ भित्र अभियानको समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रका पठाउन निर्देशन दिएको छ ।
गत भदौ १६ गतेदेखि ७५३ वटै पालिकाको वडामा संचालन भएको तीन महिने अभियान बिचमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले एक महिना थप गरेर पुषमा प्रतिवेदन पठाउन निर्देशन दिइएको हो ।
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन सातै प्रदेशलाई निर्देशन दिएको जानकारी गराए ।
