समाचार
आज ३६ औँ विश्व एड्स दिवस मनाइँदै
मकवानपुर । आज ३६ औँ विश्व एड्स दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने मूल नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी एड्स दिवस मनाइने भएको हो । हरेक वर्ष डिसेम्वर १ मा मनाइने उक्त दिवस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा...
सव डिभिजन वन कार्यालयको आयोजना त्रैमासिक समन्वयात्मक बैठक
मकवानपुर । सव डिभिजन वन कार्यालय, हेटौंडाको आयोजनामा बिहीबार त्रैमासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ । सामुदायिक वन समूहले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ उक्त बैठकको आयोजना गरिएको हो । सव डिभिजन वन कार्यालय, हेटौंडाका प्रमुख रामचन्द्र श्रेष्ठले सहजीकरण गरेको सो बैठकमा काठ, दाउरा संकलन, साधारणसभा,...
गैँडा मारेको आरोपमा मकवानपुरका चारसहित आठ जना पक्राउ
चितवन । गैँडा मारी खाग ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा मकवानपुरका चार जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबटका ३३ वर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ...
८० हजार घुससहित सब इन्जिनियर पक्राउ
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनलाई बुढानीलकण्ठ नगरपालिका–७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार, सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि...
नेपाल सुपर लिग अन्तरगत आज विरगञ्ज र चितवन भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तरगत आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । चितवनले तेस्रो खेल र विरगञ्जले दोस्रो खेल खेल्न लागेको हो । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको...
पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यासको भाउ यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको भाउ घटाएको हो । पनगमका अनुसार, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटेको हो ।एलपी ग्यासको मूल्य भने यथावत...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।...
कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा हुने
मकवानपुर । नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलो पटक बागमती प्रदेशको सम्मेलन गर्न लागिएको हो । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता...
अपडेट : दुर्घटनामा गम्भीर घाइते मकवानपुरका स्याङ्तानको मृत्यु
मकवानपुर । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको मकवानपुरगढी–२, कुर्लेपाखा बस्ने भीमबहादुर स्याङ्तानको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ धवाडीपुलस्थित भित्रि सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, सुकौराबाट कान्तिलोकपथतर्फ...
हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिले हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समितिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संचालन गरेको साताव्यापी कार्यक्रमअन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरेको...










