आज ३६ औँ विश्व एड्स दिवस मनाइँदै
मकवानपुर । आज ३६ औँ विश्व एड्स दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने मूल नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी एड्स दिवस मनाइने भएको हो ।
हरेक वर्ष डिसेम्वर १ मा मनाइने उक्त दिवस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विभिन्न कार्यक्रमको गरी मनाउन लागिएको हो ।
सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा संक्रमण पुष्टि भएको भने हालसम्म चार करोड चार लाख जनाको मृत्यु भइसकेको छ ।