पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यासको भाउ यथावत

तु खबर संवाददाता
२०८० मंसिर १५,शुक्रबार ०८:५१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको भाउ घटाएको हो ।

पनगमका अनुसार, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटेको हो ।एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ ।

भाउ घटेसँगै डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १ हजार ८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।