नेपाल सुपर लिग अन्तरगत आज विरगञ्ज र चितवन भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तरगत आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । चितवनले तेस्रो खेल र विरगञ्जले दोस्रो खेल खेल्न लागेको हो ।
चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।
यस्तै, विरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । विरगञ्जले धनगढीविरुद्ध राम्रो प्रदर्शन गरे पनि नतिजामा भने सफल रहेन ।