राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार ०९:१५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक यही मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने जनाइएको छ ।

यस्तै, बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।