ठूलो संख्यामा नेपाल प्रहरीका हवल्दारको सरुवा

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार ०९:२५
file-photo

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरीका हवल्दारको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार उनीहरुलाई सरुवा गरिएको जनाइएको छ ।

मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको प्रहरीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab