बागमती प्रदेश प्रमुख पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार ०९:१०
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुद यादवचन्द्र शर्मा पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् ।

प्रदेश प्रमुख शर्मा पाँच सदस्यीय टोलीसहित शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट भ्रमणको लागि निमन्त्रण भई आएकाले उनीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रदेश प्रमुख शर्माको भ्रमण टोलीमा उनकी धर्मपत्नी उर्मिला शर्मा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका उप–सचिव गोविन्द प्रसाद पौडेल रहेका छन् ।