मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार ०८:३९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा शनिबार राति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ कुवा बस्ने ७० वर्षीया कान्छीमाया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार साँझ ६ बजेको समयमा स्थानीय चखेल मातातिर्थ सडकखण्डमा काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको बा २ ख ७२७२ नम्वरको बसमा यात्रा गरी उक्त बसबाट झर्ने क्रममा बसको अगाडि बढ्दा घलान लड्न गई बसको टायरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनलाई काठमाडौंको बि.एण्ड.बि अस्पतालमा उपचारको लागिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा सवा ८ बजेको समयमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक स्थानीय २६ वर्षीय राजकुमार दोङलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।