मकवानपुरमा घरेलु हिंसा बढ्दो

तु खबर संवाददाता
२०८० मंसिर १६,शनिबार १०:४४

मकवानपुर । मकवानपुरमा घरेलु हिंसा बढ्दो छ । जिल्लामा बितेको आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९–०८० मा ३४ प्रतिशतले घरेलु हिंसाका घटना बढेको पाइएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको तथ्याङ्कमा मकवानपुरमा घरेलु हिंसा बढेको पाइएको हो । जिल्लामा आर्थिक वर्षमा ६०३ जना महिलामाथि घरेलु हिंसा भएको पाइएको हो ।

मकवानपुरमा आर्थिक वर्ष २०७७–०७८ मा ४४६ जना, आर्थिक वर्ष २०७८–०७९ मा ५६८ महिला तथा बालबालिका हिंसाको सिकार भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा पनि मकवानपुरमा १५७ जना महिला माथी हिंसा भएको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।