भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीलाई थुनामै राख्ने

तु खबर संवाददाता
२०८० मंसिर १५,शुक्रबार १६:३१
file-photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्ने भएको छ ।

उच्च अदालत पाटनले शुक्रबार सो प्रकरणमा पक्राउ परेका रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो ।