भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।
गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ परेका प्रतिक थापालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा प्रतिक थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।
प्रतिक पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा हुन् । अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।