भुटानी शरणार्थी प्रकरण : ७ जनाद्वारा उच्च अदालतमा निवेदन दर्ता

तु खबर संवाददाता
२०८० असार २१,बिहीबार १८:३२
file-photo

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेकामध्ये ७ जनालेउच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनले जनाएको छ ।

निवेदन दर्ता गराउनेहरुमा पूर्व सांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्व सांसद डा.ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन रहेका छन् । उनीहरुले फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दर्ता गराएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई थुनामा राख्ने आदेश गरेका थिए । उच्चमा पुनरावेदन गरेकी लक्ष्मी महर्जन ५ लाख धरौटीमा रिहा भएकी थिइन् ।