नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

तु खबर संवाददाता
२०८० असार २८,बिहीबार १६:०८

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक वना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उक्त प्रकरणमा काठमाडौंको असन स्थायी ठेगाना भएका केशव तुलाधरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधरलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।

उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयले जनाएको छ । तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

यसअघि नै जिल्ला अदालत काठमाडौंको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।