शरणार्थी प्रकरण : सबै प्रतिवादीको तर्फबाट बहस सकियो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा १८ जनै प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।
प्रतिवादीको तर्फबाट बहस सकिएपछि चार जना जिल्ला सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।