नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदैछ ।
सो प्रकरणमा थुनामा रहेका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।
सो रिटमाथि हिजो मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।
रिट निवेदकसमेत रहेका प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाएका छन् ।
सो प्रकरणको मुद्धामा बिहीबारसम्म आदेश जारी गर्ने तयारी भइरहेको जनाइएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको अभियोगमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो ।