शरणार्थी प्रकरण : सरकारी वकिलको तर्फबाट जवाफी बहस

तु खबर संवाददाता
२०८० असार १,शुक्रबार ०७:५६
file-photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलको तर्फबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।

जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।