शरणार्थी प्रकरण : बालकृष्णको तर्फबाट आज पनि बहस जारी

तु खबर संवाददाता
२०८० जेष्ठ ३१,बुधबार ०९:१४
file-photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस आज पनि जारी रहनेछ ।

खाँणको तर्फबाट २५ जना वकिलहरूले बहस गर्ने भनिएको थियो । तीमध्ये मंगलबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले मात्रै बहस गरेका थिए । बाँकीले भने आज बहस गर्ने भएका छन् ।

खाँणको तर्फबाट मंगलबार शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कुमार कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायलगायतले बहस गरेका थिए ।

बहसका क्रममा उनीहरुले बयानका आधारमा खाँणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।