उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस

काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
उच्च अदालतमा सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
उनका अनुसार, अन्य ३ जना कर्मचारी र ६ जना कानून व्यवसायबाट सिफारिस गरिएको छ । सिफारिस भएकाहरुको नाम भने हालसम्म सार्वजनिक भएको छैन ।