केपी ओली कपको उपाधि मधेस प्रदेशले हात पार्यो

तु खबर संवाददाता
२०८० मंसिर १५,शुक्रबार १६:२७
file-photo

पोखरा । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ ।

शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि हात पारेको हो ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

सो प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको थियो ।