आईसीसी विश्वकप लिग २ खेल्दै नेपाल

तु खबर संवाददाता
२०८१ भाद्र ३१,सोमबार ०९:३९

काठमाडौं । विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेद्ध ।

क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई÷दुई खेल्नेछन् ।

नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग–२ का खेल खेल्न लागेको हो ।

फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४/२०२६ अन्तिमसम्म चल्ने लिग–२ को सुरुवात भएको थियो ।

नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने जनाइएको छ ।