केपी ओली कप क्रिकेट : उपाधिको लागि आज आर्मी र मधेस भिड्दै

तु खबर संवाददाता
२०८० मंसिर १५,शुक्रबार ११:००
file-photo

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुने उक्त खेलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

आर्मीले पहिलो सेमिफाइनलमा बागमतीलाई पराजित गरेको थियो भने मधेसले एपीएफलाई हराएको थियो ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको थियो ।