दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १५,शुक्रबार १६:४०
file photo

काठमाडौं । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । गएराति काठमाडौं र कैलाली जिल्लाको विभिन्न स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा प्रदेश ३–०१–०० ३ क ६४८८ नम्बरको निशान गाडी र बाग्मती प्रदेश ०२–०३२ प ३३४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका–८ साखु घुमार चोकका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजीकार्य अनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुरस्थित सडकमा ना.५ ख ८७०० नम्बरको बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बसको ठक्करबाट मोहन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्मरबहादुर विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।