राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत

तु खबर संवाददाता
२०८० मंसिर १५,शुक्रबार १६:०५

काठमाडौं । निर्वाचन आयोगको बिहीबार बसेको बैठकबाट राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार एक सूचना जारी गरी बैठकले आगामी माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको जानकारी गराएका हुन् ।

उनका अनुसार, उक्त निर्वाचनको लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ ।

यस्तै, पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने उनले बताए ।

यसैगरी, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम संचालन हुने प्रवक्ता पौडेलले बताए ।

त्यस्तै, माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरेको जारी सूचनामा उल्लेख गरिएको छ ।