आजबाट चौथो थाहा महोत्सव हुँदै

तु खबर संवाददाता
२०८० मंसिर १४, बिहीबार १०:३३

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आजबाट चौथो थाहा महोत्सव सुरु हुँदैछ ।

थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिका र ईन्द्रायणी काला भैरव गुठिको सह–आयोजनामा उक्त महोत्सव हुने भएको हो ।

आगामी मंसिर २५ गतेसम्म संचालन हुने उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् ।

कृषि पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित महोत्सवमा लोपोन्मुख सामानहरुको प्रदर्शनी, कृषि उपज, अटो प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्रीलगायत २ सय ३० वटा स्टल रहने आयोजकले जनाएको छ ।

साथै महोत्सवमा रोटे पिङ, मवतका कुवा, बाल उद्दानका सामाग्री, ड्राइगन रेल पनि सञ्चालन रहनेछ ।