बागमतीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान

तु खबर संवाददाता
२०८० मंसिर १४,बिहीबार ०९:२४
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सर्वदलीय बैठक आव्हान गरेका छन् ।

बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका गर्ने विषयमा छलफल गर्न यही मंसिर १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उक्त बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफल हुने जनाइएको छ ।